मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
मोहन विष्ट कन्चनपुर
२०८० भदौ १७ आइतबार १५:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरका धार्मिक-पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न ७७ वटै जिल्लामा पैदल यात्रा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कन्चनपुर
२०८० भदौ १७ आइतबार १५:४७:००

सुदूरपश्चिम प्रदेश कैलालीका एक युवकले प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि देशभरकै जिल्लाहरूमा पैदल यात्रा गरेका छन्।

प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसारका लागिका कैलालीको गौरीगंगा नगरपालिका– ४ राजीपुरका देवराज पाध्याले पैदल यात्रा गरेका हुन्। पाँच महिना अघिदेखि सुरु गरिएको पैदल यात्रा कञ्चनपुर महेन्द्रनगर पुगेर समापन गरिएको छ। 

१ चैत ०७९ डडेल्धुरादेखि सुरु गरिएको पैदलयात्रा १७ भदाै ०८० कञ्चनपुर पुगेर समापन गरेका छन्। पैदलयात्री देवराजले सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पैदल यात्रा गरेको बताए।