
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड, २०२३’ सम्पन्न भएको छ । आर्थिक वर्ष ०७९/८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बिमालेख जारी गर्ने अभिकर्तालगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ ।
उत्कृष्ट शाखा एवं शाखा प्रमुखलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका निर्देशकहरू दीपचन्द्र रेग्मी, विनोद केसी, उषा ढकाललगायतले अवार्ड वितरण गरेका थिए ।
तीन सयभन्दा बढी अभिकर्ताको उपस्थिति रहेको कार्यक्रममा बोल्दै आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले बिमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पुर्याउनुका साथै अभिकर्ताका रूपमा स्वरोजगारको समेत अवसर दिने बताए ।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सिएनआई)का उपाध्यक्ष हेमराज ढकालले कम्पनीले पछिल्ला ६ वर्षको अवधिमा उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा फड्को मारिरहेको बताए ।
यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले यस पेसालाई सम्मानित बनाउन हरेक बिमा अभिकर्ताले बिमा परामर्शदाताको भूमिकामा आउनुपर्ने बताए । आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिँदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए ।