१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:३७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुर्खेतको पूर्वी भाग एक वर्षभित्र कालोपत्रे हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

मदन भण्डारी राजमार्गअन्तर्गतको सुर्खेतको पूर्वीभाग धुलियाबिट–भेडाबारी सडक एक वर्षमा कालोपत्रेको काम सकिने भएको छ । मदन भण्डारी राजमार्ग ट्र्याक खुलेको ४८ वर्षपछि कालोपत्रे हुने भएको हो ।

०३२ मा तत्कालीन राजा वीरेन्द्र सुर्खेतमा आउँदा उनलाई देखाउन धुलियाबिट–भेडाबारी सडक निर्माण थालिएको थियो । निर्माण थालिएको लामो समयसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन ।  

लामो समयदेखि रूख कटानको अनुमति नपाउँदा निर्माणका काममा अवरोध भएको अहिले रूख कटान र सडक स्तरोन्नतिको काम भइरहेको शनिबार सडकको अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले बताए । ‘सडक निर्माणले अहिले गति लिएको सुर्खेतको पूर्वीभागमा रहेको सडक एक वर्षमा निर्माण सकिन्छ,’ उनले भने, ‘पश्चिम भागको राजमार्गले चाँडै कामको गति लिनेछ ।’

सडकको काम तीव्र रूपमा गर्न रूख कटानका लागि वन मन्त्रालयले अनुमति दिइसकेको अहिले रूख कटानको कामसँगै सडक निर्माणको काम तीव्र रूपमा गर्न मन्त्री ज्वालाले बताए । ‘यो सडक एक वर्षमा कालोपत्रेको काम पूरा हुने लक्ष्य राखिएको छ,’ उनले भने, ‘लक्ष्यअनुसार नै काम भइरहेकाले निर्माणको काम चाँडै पूरा हुन्छ ।’ 

मदन भण्डारी राजमार्गको सुर्र्खेत पूर्वीभागमा ३५ किलोमिटर रहेको अहिले पश्चिम भागमा ९४ किलो मिटर रहेकोमा त्यहाँ ठेक्का लागेर काम अगाडि बढाइएको मदन भण्डारी राजमार्गका आयोजना प्रमुख शम्भुप्रसाद आचार्यले बताए । धुलियाबिटदेखि बोटेचौरसम्म ३५ किलोमिटरमा सडकको हाल करिब चार मिटर मात्रै चौडाइ छ । अब नौ मिटर फर्मेसन ब्रिज रहने यो सडक स्तरोन्नति गर्दा सात मिटर चौडाइबराबर कालोपत्रे गरिने ज्वालाको भनाइ छ । 

१२ पुल निर्माण हुँदै 
मदन भण्डारी राजमार्गको सुर्खेतखण्डमा १२ पुल निर्माण हुने भएका छन् । पुल निर्माणको ठेक्का प्रक्रिया अगाडि बढेको र केहीमा पुल निर्माण भइसकेको आयोजनाका प्रमुख आचार्यले जानकारी दिए । ‘दुईवटा पुलको निर्माण कार्य सकिएको छ,’ उनले भने, ‘अन्य पुलहरूको ठेक्का प्रक्रियामा गएर निर्माणको काम भइरहेको छ ।’

राजमार्गअन्तर्गतको धुलियाबिट–भेडाबारी सडकको सुर्खेतको पूर्वीभागका वीरेन्द्रनगर नगरपालिका– ११ र १३, लेकबेँसी नगरपालिकाका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिकाका १०, १२, १३ र १४ नम्बर वडा लाभान्वित हुनेछन् । सुर्खेतबाट काठमाडौं जानसमेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ ।