१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उत्तरी नाकामा पोस्ट थप्दै सशस्त्र प्रहरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२४:oo

सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले उत्तरी नाकामा आफ्नो पोस्ट थप्दै लगेको छ । थप दुई बोर्डर आउटर पोस्ट (बिओपी) थप्ने सशस्त्र प्रहरीको अन्तिम तयारी छ । दार्चुलाको टिंकर र गोरखाको रुइला नाकामा सशस्त्रले बिओपी थप्न लागेको हो ।

दुवै नाका दुर्गममा रहेकाले हेलिकोप्टरबाट आवश्यक सामान लैजाने तयारी छ । हेलिकोप्टर व्यवस्थापन हुन नसक्दा बिओपी स्थापनामा ढिलाइ भएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

हाल चीनसँगको नाकामा सशस्त्र प्रहरीले आठ बिओपी स्थापना गरिसकेको छ । ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर तथा सिन्धुपाल्चोकको तातोपानी र गुम्बामा सशस्त्र प्रहरीका बिओपी छन् । 

त्यस्तै, रसुवाको टिमुरे, मुस्ताङको कोरला र हुम्लाको हिल्सा नाकामा पनि बिओपी स्थापना भएका छन् । दार्चुलाको छाङरुमा भारतसँगको सीमामा बिओपी भए पनि चीनसँग जोडिएको टिंकर नाकामा सशस्त्रको उपस्थिति छैन ।

गोरखाको रुइला नाकाबाट विगतमा सुन तस्करीलगायत आपराधिक गतिविधि हुने गरेकाले त्यहाँ पनि बिओपी थप्न लागिएको हो । उत्तरी सीमाको सुरक्षालाई बलियो बनाउने लक्ष्यअनुसार सशस्त्र प्रहरीले अन्य नाकामा पनि बिओपी थप्नेबारे गृहकार्य गरिरहेको छ । रसुवामा अर्काे एक बिओपी थप्नेबारे पनि तयारी भइरहेको छ ।

त्यस्तै, डोल्पा, मुगु र मनाङका नाकामा पनि बिओपी राख्नेबारे छलफल भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सीमामा बिओपी थप्दै लैजाने सरकारको नीतिअनुसार उत्तरी नाकामा नयाँ बिओपी स्थापनाको गृहकार्य चलिरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए । 

ad
ad