Skip This
क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजार बढी परिवार विस्थापित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ १६ शनिबार
  • Wednesday, 17 September, 2025
तस्बिर : राेयटर्स
एजेन्सी
२o८o भदौ १६ शनिबार १४:५२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजार बढी परिवार विस्थापित

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o भदौ १६ शनिबार १४:५२:oo

क्यानडाको धेरै जंगलहरूमा आगलागी भएको छ। पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलमा डढेलो लागेको हो।

खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रणबाहिर रहेको बताइएको छ। २४ घण्टामा करिब २० ठाउँमा डढेलो लागेको छ। धेरैजसो डढेलो चट्याङका कारण लागेकाे हो। देशभर ४२० स्थानमा डढेलो लागेको बताइएको छ।

सरकारले ४ हजार २ सय बढी परिवारलाई जोखिम क्षेत्रबाट स्थानान्तरण गरेको छ। त्यस्तै, ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ। डढेलोको कारण प्रभावित प्रान्तमा दुई हप्ता आपत्कालीन अवस्था घोषणा गरिएको छ।

ब्रिटिस कोलम्बियाले गत हिउँददेखि खडेरीको सामना गरिरहेको छ। उत्तरी क्षेत्रमा पानी नपर्दा आगो नियन्त्रणमा लिन झनै समस्या भएको बताइएको छ। सात दिनपछि मात्रै एकपटक दक्षिणी हावा बहेकोमा खुसी भएको मन्त्री एमएले बताए। डढेलो निभाउन सकिन्छ कि सकिँदैन भन्ने यकिन गर्नै गाह्रो भइरहेको उनको भनाइ छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल