१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रासस दाङ
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणपति तेल मिलमा आगलागी

Read Time : < 1 मिनेट
रासस, दाङ
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ। बिहान २:३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए। 

तेल मिलमा आगलागी भएको र आफूले  झन्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए। आगलागी भएको खबर पाएलगत्तै  ठूलो संख्यामा स्थानीय, पानी  ट्यांकर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज बिहान आगो नियन्त्रणमा लिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। आगलागीको कारण अझै खुलेको छैन। उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो। बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन्।