१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १५ शुक्रबार २o:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रले भन्यो- नेपालको नक्सालाई सम्मान होस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार २o:o४:oo

नेपालले सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक र प्रशासनिक नक्सालाई सम्मान गर्न चीनलाई आग्रह गरेको छ । 

शुक्रबार सञ्चारमाध्यमहरूको प्रश्नको जवाफ भन्दै परराष्ट्र मन्त्रालयले पठाएको प्रेसनोटमा चीनको नाम नलिई नेपालको नक्सालाई सम्मान गर्न छिमेकीहरूलाई आग्रह गरिएको छ । 

चीनले सोमबार जारी गरेको नक्सामा नेपालको पश्चिम भूभाग कालापानीदेखि लिम्पियाधुराका भूभाग भारतमा राखेपछि नेपालमा तीव्र असन्तोष उत्पन्न भएको वेला सरकार बोलेको हो । 

‘सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ । यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्दछन् भन्नेमा नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ,’ परराष्ट्रले भनेको छ, ‘नेपाल सीमाविवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध छ ।’