Skip This
पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइकाे प्रत्यक्ष प्रसारण हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइकाे प्रत्यक्ष प्रसारण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँगै अभियोग लागेका अन्य १८ जनाको अदालती कारबाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन्। ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन काउन्टी सुपिरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन्। 

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई हराउन ट्रम्पसहित १९ जनाले षड्यन्त्र गरेको अभियोगको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने घोषणा भएको हो। 
 
बिहीबार दायर गरिएको अदालतको कागजातमा पूर्वराष्ट्रपति ट्रम्पले आरोपहरूको प्रकृति र अदालतमा उपस्थित हुने आफ्नो अधिकारलाई पूर्ण रूपमा बुझेको बताएका छन्। यद्यपि, उनले आफू दोषी नभएको दाबी गर्दै आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताए। गत साता उनले फुल्टन काउन्टीको जेलमा आत्मसमर्पण गरेका थिए।  

अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि अहिलेसम्म चारपटक अभियोग लागिसकेको छ। उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन्। जर्जियामा उनीमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुटा बयान दिन अभिप्रेरित गरेकोलगायत चारवटा मुद्दा दायर गरिएको छ। 

यसअघि पूर्वराष्ट्रपति ट्रम्पमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियलसँगको यौनसम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलाई भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र ती कागजपत्र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लागेको थियो। 
 
सन् २०२० को जनवरी ६ तारिखमा अमेरिकी संसद् क्यापिटल हिलमा भएको हुलदंगा एवं आक्रमणमा सातजनाको मृत्यु हुनुका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए।