
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य विजयी लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो।
बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन्। त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डंगोलले दुई विकेट लिइन्। त्यस्तै, कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले समान एक–एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।