मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
२०८० भदौ १४ बिहीबार ११:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंक र हिमाल डेन्टलबीच समझदारी

Read Time : < 1 मिनेट
२०८० भदौ १४ बिहीबार ११:४८:००

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ । बैंकका कार्डवाहक ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउने समझदारी भएको हो । 

यो समझदारीले बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । 

हाल बैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम तीन विस्तार काउन्टर तथा ९७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।