१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o६:४३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला क्रिकेटरले पुरुषबराबरी म्याच फी पाउने

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले नयाँ अन्तर्राष्ट्रिय खेलदेखि नै पुरुष र महिला खेलाडीले बराबर पारिश्रमिक र म्याच फी पाउने घोषणा गरेका छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:४३:oo

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी)ले पुरुष र महिलालाई अन्तर्राष्ट्रिय खेलमा समान म्याच फी दिने घोषणा गरेका छन् । दुवै क्रिकेट बोर्डले एकदिवसीयमा २५ प्रतिशत र टेस्टमा १५ प्रतिशत म्याच फी बढाएको जनाएका हुन् । इंग्ल्यान्डको क्रिकेट बोर्डअन्तर्गत रहेको आइसिइसीले क्रिकेटमा समानता प्रदान गर्न महिला र पुरुषलाई प्रत्येक अन्तर्राष्ट्रिय खेलमा म्याच फी एउटै हुनुपर्ने प्रस्ताव राखेको थियो । आइसिइसीको प्रस्ताव इसिबीले स्वीकार गर्दै आगामी अन्तर्राष्ट्रिय खेलमा पुरुष र महिला खेलाडीले बराबर म्याच फी पाउने जनाएको छ ।

 इंग्ल्यान्डको महिला क्रिकेट टोलीकी कप्तान हथेर नाइटले परिवर्तन आवश्यक भएको र बोर्डको पछिल्लो निर्णय स्वागतयोग्य भएको बताएकी छिन् । इसिबीले आफ्ना खेलाडी अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा प्रतिमहिनाको पारिश्रमिकमा म्याच फी प्रदान गरेको छ । अहिलेको निर्णयबाट खेलाडी सबै बराबर भएको सन्देश दिएको इसिबीले जनाएको छ । ‘जातीय विभेदको अन्त्य हामीले गरेका छौँ,’ आइसिइसीले जनाएको छ । इसिबीले पुरुष क्रिकेट टोलीका सदस्यलाई प्रतिमहिना २०.३ प्रतिशत पारिश्रमिकसमेत थप गरेको छ ।

यसविपरीत महिला टोलीका खेलाडीको प्रतिमहिना पारिश्रमिक ३१ प्रतिशतले बढेको छ । ‘यसपटक हामीले पुरुष र महिला खेलाडीको प्रतिमहिना पारिश्रमिक पनि बढाएका छौँ, महिला क्रिकेटरलाई थप उत्साहित बनाउने क्रममा पुरुषको तुलनामा परिमार्जित गरेका छौँ,’ इसिबीका प्रमुख कार्यकारी रिचार्ड ग्वाउडले भनेका छन्, ‘विश्व क्रिकेटमा यो नौलो प्रयास हुनेछ, इंग्ल्यान्डको क्रिकेट एक कदम अगाडि छ ।’ 

पुरुष र महिला खेलाडीलाई सम्मान गर्ने उद्देश्यले समानता प्रदान गरेको उनले बताए । ‘हामीले जे सोचेका थियौँ, त्यही लागू गरेका छौँ,’ उनले भने । परिवर्तित समाजमा पुरुष र महिलालाई एकै नजरले हेर्नुपर्ने उनको भनाइ छ । ‘अहिलेको समाजमा कोही तलमाथि छैन, सबै एकै हुन् भन्ने भावनाका साथ अगाडि बढेको छ, इंग्ल्यान्डको क्रिकेटले विश्वमा यही सन्देश दिन खोजेको हो,’ उनले भने, ‘विश्व क्रिकेटमा पुरुषकै स्तरमा महिलाले पनि प्रतिस्पर्धा गर्न सक्छन् ।’ 

पारिश्रमिक नबढाउँदा चेतावनी
इसिबीको पछिल्लो निर्णयपछि ग्लोबल फ्रेन्चाइज लिगमा समेत प्रभाव पर्न सक्छ । इंग्ल्यान्डका पुरुष खेलाडीले बारम्बार पारिश्रमिकमा पुनर्विचार गर्नुपर्ने दबाब दिँदै आइरहेका छन् । बोर्डले पारिश्रमिक र म्याच फीको बारेमा सम्बोधन नगर्दा केन्द्रीय सम्झौता नवीकरण नगर्ने खेलाडीले चेतावनी दिएका छन् । इसिबीका कार्यकारी प्रमुख ग्वाउडले खेलाडीबीच समस्या नभएको जनाएका छन् । ‘खेलाडीसँग केही सम्झौता भएको छैन,’ उनले भने, ‘बाहिर देखिएको जस्तो हामीबीच खासै विवाद छैन ।’ यद्यपि, यसअघिका निर्णयमा पुरुष खेलाडीको पारिश्रमिक बढाउने प्रस्ताव थिएन । 

बताए । ‘विशेष गरी महिला खेलाडीको मात्र रकम बढाउने कुरो थियो, हामीले समानता प्रदान गर्न नै एकैपटक दुईवटा निर्णय गरेका हौँ,’ उनले भने । निकट भविष्यमै इंग्ल्यान्डको महिला टोली अस्ट्रेलियाविरुद्ध एसेजमा सहभागी हुँदै छ । बोर्डको पछिल्लो निर्णय सोही सिरिजबाटै लागू हुनेछ । सन् २०२२ मा इसिबीले खेलाडीका लागि ३.५ मिलियन पाउन्ड छुट्याएको थियो । इसिबी यो बजेट बढाउने तयारीमा छ ।