१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४१:oo

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्ताबेजहरू सार्वजनिक गरेको आरोपमा अरू दुई साता हिरासतमा राख्न आदेश दिएको छ। 

इस्लामाबाद उच्च अदालतले  मंगलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीतिक नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन्। 

उनीमाथि दुई सयवटा मुद्दा लगाइएका छन्। नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षड्यन्त्रअनुरूप ती मुद्दा लगाइएको दाबी गरेका छन्। 

नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानुनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन्। 

सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए। भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मंगलबार उल्ट्याइएको थियो।

नेता खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका उपाध्यक्ष, पूर्वविदेशमन्त्री शाह महमुद कुरैसीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ।