१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले अन्य प्रतिपक्षको मतलब गरेन : सन्तोष परियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अन्य प्रतिपक्षी दललाई मतलब नगरी समिति सभापति लिएकोमा असन्तुष्टि जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अरू पार्टीको मतलब नगरी समिति सभापति लिएर एमालेले गल्ती गरेको टिप्पणी गरेका हुन्।

‘समिति बाँडफाँटमा सत्तापक्षले गल्ती गर्‍यो। दोस्रो कुरा प्रमुख प्रतिपक्षले अरू प्रतिपक्षी पार्टीहरूलाई कुनै मतलब नै नगरी मै खाऊँ मै लाऊँ जसरी गर्‍यो। यो दुईवटै गल्ती भयो। सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन बाँड्यो,’ उनले भने।

संसद्लाई प्रभावशाली र गतिशील बनाउन नभई संकुचन गराउने प्रयास भएको प्रमुख सचेतक परियारको दाबी छ। रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले नलिएको उनको भनाइ छ।