मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ ११ सोमबार ११:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ ११ सोमबार ११:०३:००

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेकाे अभियोगमा चारजनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका– ८ घर भई काठमाडाैं टोखा नगरपालिका– ३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका– १ घर भई काठमाडाैं कागेश्वरी–मनोहरा नगरपालिका– ८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका– ३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका– १ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका– १४ नख्खिपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुईजनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक दुई लाख तलबमा काम लगाइदिने जनाउँदै  पीडितहरूबाट पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एकजनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी  दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाई बाइक राइडरमा मासिक  ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी  एक लाख ९४ हजार रुपैयाँ  ठगी गरेका आरोपमा पक्राउ गरिएको हो । 

यसैगरी गुरुङले एकजनालाई नेदरल्यान्ड पठाई सुपरमार्केटमा मसिक रु. एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु. तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।