१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १० आइतबार ११:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

९ मंसिरदेखि ‘थाहा फिल्म महोत्सव’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १० आइतबार ११:१६:००

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा आउँदो मंसिर ९ गतेदेखि १५ गतेसम्म एक साता ‘थाहा फिल्म महोत्सव’ आयोजना हुने भएको छ । थाहा कला केन्द्रको आयोजनामा हुने फिल्म महोत्सवको बारेमा शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवद्र्धन र दामन पालुङ क्षेत्रलाई मिनी फिल्म सिटीको रूपमा विकास गर्न महोत्सव गर्न लागिएको जानकारी दिए । 

महोत्सवमा सन्देशमूलक चलचित्रहरू प्रदर्शन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रका दिग्गज निर्माता, निर्देशक तथा कलाकारलाई थाहा नगरपालिमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण तथा अन्तरक्रिया गराइने उनले बताए ।

आयोजक संस्था थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले महोत्सव आयोजनका लागि अनुमानित ३० लाख रुपैयाँ खर्च लाग्ने बताए । महोत्सव आयोजनाका लागि थाहा नगरपालिकासहित बागमती प्रदेशको पर्यटन तथा सहकारी मन्त्रालय र पर्यटन बोर्ड नेपालले समेत सहयोग गर्ने जानकारी उनले दिए ।