मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०८० भदौ ९ शनिबार १८:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडी खेल्ने क्रममा डुबेर बाँकेमा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०८० भदौ ९ शनिबार १८:४१:००

खोला र पोखरीमा डुवेर बाँकेमा दुईजनाको मृत्यु भएको छ। जानकी गाउँपालिका– ४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

साथीहरूसँग खोलामा नुहाउन गएका बर्मा नालामा बेपत्ता भएका थिए। उनलाई झन्डै १५ मिनेटपछि साथीहरूले पानीबाट निकालेकाे प्रहरीले जनाएको छ।
 
यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ। बैजनाथ गाउँपालिका– ३ एलबी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको डिएसपी डाँगीले बताए।

उनीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएका र दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।