१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तमोर करिडोर दुई महिनादेखि ठप्प, हेवाखोलामा बनेन बेलिब्रिज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:२२:oo

तमोर करिडोरअन्तर्गत पाँचथरको फिदिम नगरपालिका– ४ र हिलियाङ गाउँपालिका– ७ खण्ड दुई महिनादेखि अवरुद्ध छ । २ असारको बाढीले हेवाखोलाको बेलिब्रिज र पाँच सय मिटर सडक बगाएपछि करिडोर अवरुद्ध भएको थियो । हेवाखोलामा १० दिनभित्र बेलिब्रिज बनाउने घोषणा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले गरे पनि अझै काम भएको छैन । मेची राजमार्गको विकल्पमा रहेको करिडोर ताप्लेजुङ र तराईसँग जोड्ने छिटो राजमार्ग हो ।

पुलसँगै सडक पनि बगाएकाले तत्काल सडक सञ्चालन गर्न नसकिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताए । ‘क्षति धेरै भएकाले तत्काल बनाउन सक्ने अवस्था छैन । सडक विभागले योजना बनाउँदै छ, यसको विकल्प मेची राजमार्ग छ,’ उनले भने । सडक विभागले पाँच करोडको क्षतिको आकलन गरेको छ ।

तमोर करिडोर निर्माणाधीन सडक हो, ग्राभेल सडकमा यातायात भने सञ्चालन हुँदै आएको थियो । यद्यपि, कालोपत्रेका लागि ठेक्का भने लागिसकेको छ । चतरा–मूलघाट–सुभाङ खोला सडक योजना धरानका प्रमुख विनोद भट्टराईका अनुसार माझीटारदेखि हेवाखोलासम्म विभिन्न ठाउँमा एक किलोमिटर सडक बिग्रिएको छ । हेवाखोलामा पानीको बहाव कम भएपछि डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिने उनले बताए । 

ad
ad