
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबर १७ देखि २० सम्म हुने ११औँ महाधिवेशनमा उनले उम्मेदवारी घोषणा गर्दै नेपालमा लगानी भिœयाउन ५० अर्बको एनआरएनए कोष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उम्मेदवारीसँगै २७ बुँदे प्रतिबद्धतापत्र जारी गरेका उनले पछिल्लो समय एनआरएनभित्र देखिएको विकृति र विसंगतिलाई हटाउने बताए । उनले भने, ‘अहिले चुनाव लड्नका लागि चर्को शुल्क लिने अमानवीय कार्यलाई परिवर्तन गर्नुपर्ने अवस्था छ, यसमा मेरो प्रयत्न रहनेछ ।’
गोर्खाको फुजेलमा जन्मिएका अधिकारीले हाल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा पिएचडी गर्दै छन् ।