१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ७ बिहीबार o८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सातजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार o८:o९:oo

मकवानपुर र बाराको सीमानजिक बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार मृतकमध्ये चारजना महिला र तीनजना पुरुष रहेका छन् ।

यस्तै, दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरूको हेटौँडाको चुरेहिल र हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

काठमाडौंबाट भारतको महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आफैँ अनियन्त्रित भई चुरियामाईभन्दा अन्दाजी एक सय मिटर दक्षिणमा बाटोबाट १०–१५ मिटर तल खोलामा खसेको थियो । बसमा २७ जना यात्रु रहेको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी क्षेत्रीले जानकारी दिए । बसका चालक भने फरार रहेको र उनको खोजीकार्य भइरहेको डिएसपी क्षेत्रीले बताए ।