१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

आज बिहान काठमाडौंबाट पोखरा पाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीनजिक त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका छन्। 

उनले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशन दिएका छन्।