१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ६ बुधबार १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिशूलीमा बस खस्दा आठजनाको मृत्यु [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १२:५५:oo

काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खस्दा आठजनाको मृत्यु भएको छ। 

बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। बस सडकबाट करिब ४० मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। 

‘बस सडकबाट करिब ४० मिटर तल नदीमा खसेको हो। बसका पार्टपुर्जा क्षतविक्षत बनेको छ,’ डिएसपी जैसवारले भने, ‘बसमा ३०/३२ जना सवार थिए भन्ने सुनिएको छ। १६ जनाको उद्धार गर्‍याैँ। उद्धार गरिएकोमा पनि आठजनाको मृत्यु भएको जानकारी पाएका छौँ। हामी उद्धार कार्यमै खटिरहेका छौँ। थप विवरण आउन बाँकी छ।’

अहिले दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको  कमान्डमा १६ जना र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपीको कमान्डमा आठजना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको फौज उद्धारमा खटिएको छ।