मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०८० भदौ ६ बुधबार ११:०४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदाको पुनर्निर्माण सुरु नै भएन

Read Time : < 1 मिनेट
२०८० भदौ ६ बुधबार ११:०४:००

१२ वैशाख ०७२ मा गएको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदाको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन । बजेट अभावका कारण विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदाको पुनर्निर्माण हुन नसकेको हो ।

हनुमानढोका दरबार हेरचाह अड्डाकी इन्जिनियर रेणु महर्जनका अनुसार साढे आठ वर्षअघि गएको भूकम्पले यस क्षेत्रका ७५ सम्पदामा क्षति पुगेको थियो । त्यसमध्ये ४२ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । हाल ११ सम्पदा पुनर्निर्माण हुन बाँकी छ । २२ वटा सम्पदा पुनर्निर्माणमा भने अझै प्रगति हुन सकेको छैन । हनुमानढोका दरबार क्षेत्रमा ९५ सम्पदा रहेका छन् ।