१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२९:oo

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन्।

पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्यको रूपमा काम गरिसकेका खाती निवर्तमान महान्यायाधिवक्तासमेत हुन्। उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नियुक्ति दिएका हुन्।

देउवाले आजै पार्टीको अनुशासन समितिलाई समेत पूर्णता दिएका छन्। उनले ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई समितिको सदस्यमा मनोनीत गरेका छन्।

ad
ad