Skip This
नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट प्रसारणलाइन उद्घाटन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ५ मंगलबार १४:४१:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट प्रसारणलाइन उद्घाटन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार १४:४१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन उद्घाटन गरेका छन्। साथै, प्रधानमन्त्री प्रचण्डले हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइन पनि उद्घाटन गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले मंगलबार चितवनको भरतपुर महानगरपालिका– ११ आँपटारीमा मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सबस्टेसनको उद्घाटन गरेका हुन्। 

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण गरिएको हो।

सबस्टेसनको लागत एक अर्ब ५२ करोड  र प्रसारणलाइनको लागत पाँच अर्ब ९४ करोड रुपैयाँ छ।

नयाँ भरतपुर सबस्टेसनपरिसरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले नयाँ भरतपुर सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारणलाइन पूर्व–पश्चिम विद्युत् आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताए। 

प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत् यहीँ खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तीव्रता दिन र अतिरिक्त भएको विद्युत् निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे। 

प्रधानमन्त्रीले जलविद्युत् तथा प्रसारणलाइन आयोजना निर्माणमा रहेको रूख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानुनको संशाेधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताए। 

१२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १०,८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रूपमा प्राधिकरणलाई दिन लागिएको प्रधानमन्त्रीले उल्लेख गरे। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउन र आपूर्तिलाई गुणात्मक रूपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार र अतिरिक्त भएको विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारणलाइन निर्माण भइरहेको बताए। 

उद्घाटन गरिएको हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको लम्बाइ करिब एक सय ४७ किलोमिटर छ। एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारणलाइनलाई हेटौँडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ।

प्रसारणलाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारणलाइन निर्माण गरिएको हो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो।

प्रसारणलाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो। विश्व बैंक आयोजनाबाट ०७८ कात्तिकबाट पछिहटेपछि  सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो।

हेटौँडा–भरतपुरखण्ड निर्माणका लागि ०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारणलाइनको काम अलपत्र पारेपछि प्राधिकरणले उक्त ठेक्का तोडी नयाँ टेन्डर गरेको थियो । ०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी बाँकी काम गराइएको थियो।

भरतपुर–बर्दघाट प्रसारणलाइनको लम्बाइ ७४ किलोमिटर प्रसारण निर्माणका लागि ०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो। कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता ०७४ जेठमा  रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेन्डर गरेको थियो। बाँकी रहेको काम गर्न ०७५ साउनमा ठेक्का सम्झौता भएको थियो।  

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका– २ दुम्कीबासमा केही स्थानीयले प्रसारणलाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले ०७७ चैत २५ गते स्थानीयको मागबमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारणलाइनको दुई वटाटावर निर्माण रोकिएको थियो। सर्वोच्चले ०७९ असार १२ गते रिट खारेज गरेको थियो। त्यसपछि स्थानीयसँगको  मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी ०७९ चैतमा सहमति भएपछि निर्माण गरिएको थियो।

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेसन निर्माणका ०७७ असारमा ठेक्का सम्झौता भएको थियो। 

कोभिड– १९ को महामारीका कारण सबस्टेसन निर्माण प्रभावित भएको थियो। मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो। 

प्रसारणलाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ। चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारणलाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारणलाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ भने अन्य सबस्टेसनहरू निर्माणाधीन छन्।

नयाँ भरतपुर सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर छन्। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारणलाइन र दुईवटा सबस्टेसन निर्माण भइरहेको छ। यस प्याकेज अन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन्।