मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ४ सोमबार १२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप गिरि बिपीपछिकै ठूला समाजवादी चिन्तक : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार १२:४७:oo

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बिपी कोइरालापछिको ठूला समाजवादी चिन्तक भएको बताएका छन्। 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरिको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। 
 
सभापति देउवाले समाजवादी चिन्तकको रूपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै नाम आउने बताए।

सभापति देउवाले स्व. गिरिका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने र उनका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने उनको भनाइ थियो। 

सभापति देउवाले स्व. प्रदीप गिरिप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए।