Skip This
कार्यवाहक सभामुख अचानक काठमाडौंमा, मुख्यमन्त्रीले लिने विश्वासको मत अनिश्चित 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o८o भदौ ४ सोमबार ११:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यवाहक सभामुख अचानक काठमाडौंमा, मुख्यमन्त्रीले लिने विश्वासको मत अनिश्चित 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार ११:३९:oo

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले साेमबार लिने भनिएकाे विश्वासको मत अनिश्चित बनेको छ। 

आज विश्वासको मत लिने कार्यसूची तय भए पनि प्रदेश सभा बैठक सञ्चालन गर्ने उपसभामुख सिर्जना दनुवार अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले लिने भनिएको विश्वासको मत अनिश्चित भएको हो। 

कोसी प्रदेश कार्यवाहक सभामुखसमेत रहेकी उपसभामुख दनुवार आफैँले ४ भदौमा विश्वासको मत लिने समय दिइकी थिइन्। तर, आज अचानक उनी काठमाडौं गएकी छिन्। उनी अकस्मात् काठमाडौं हिँडेपछि आज बस्ने कोसी प्रदेश सभा बैठक अनिश्चित भएको छ।

थापा १६ साउनमा पुनः दोस्रोपटक मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। यसअघि २१ असारमा पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थापालाई सर्वोच्च अदालतले ११ साउनमा पदमुक्त गरेको थियो। 

मुख्यमन्त्री दाबी गर्दा प्रदेश सभा सभामुखको समेत हस्ताक्षर संलग्न गराएको विषयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै उनको नियुक्ति बदर गरेको थियो।