१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Sunday, 11 May, 2025
तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३ आइतबार २१:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाको हवाई टिकट सहज र सर्वसुलभ बनाउन सर्वोच्चको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार २१:३४:oo

हुम्लाको हवाई टिकट सर्वसुलभ तथा सहज बनाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। 

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अधिवक्ता रामबहादुर शाहीले दायर गरेको रिटउपर अन्तरिम आदेश दिएको हो। इजलासले विपक्षीहरूबाट जवाफसमेत माग गरेको छ। आदेशको लिखितप्रति आउन भने बाँकी नै छ। 

नियमित उडान नहुँदा हुम्लामा पछिल्लो एक महिनामा चारजनाको ज्यान गएको छ। हवाई जहाज एक मात्र यातायातको साधन भए पनि उडान अनियमित र टिकटमा कालाबजारी हुँदा सर्वसाधारणले अकालमै मृत्युवरण गर्नुपरेको भन्दै यातायात सहज बनाउन हुम्लाका खार्पुनाथ गाउँपालिका घर भएका अधिवक्ता शाहीले ३२ साउनमा रिट दर्ता गराएका थिए।