मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ३ आइतबार १८:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन तस्करीमा मुछिएका सत्तापक्षका नेतालाई जोगाउन प्रहरी अधिकारीहरूको सरुवा : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ३ आइतबार १८:००:००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरेको आरोप लगाएको छ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिने गरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरेको बताए। आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सरकारी निकायलाई सत्तापक्षले आफ्नो इसारामा चलाएपछि त्यसले स्वतन्त्र र निष्पक्ष ढंगले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे।

‘अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीहरूलाई एकपछि अर्को अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरूतर्फ, मूर्धन्य व्यक्तिहरूतर्फ सोझिन थाल्यो। त्यसपछि सत्ता घटकलाई के पर्‍यो भने प्रहरी अधिकारीलाई सरुवा गर्नु पर्‍यो। यसले के देखाउँछ भने राज्यमातहतका निकायबाट सिआइबी होस वा राजस्व अनुसन्धान विभाग होस्। यी कुनै पनि इकाइले निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न सकिराखेको छैन। सरकारले यसमा नियन्त्रण गरिराखेको छ,’ उनले भने।

सचेतक बर्तौलाले सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान दोहोर्‍याए।