१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ३ आइतबार १२:५२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बक्सर घिमिरेलाई अन्तर्राष्ट्रिय उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ३ आइतबार १२:५२:००

नेपालका अन्तर्राष्ट्रिय किकबक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किकबक्सिङ हिट ५२ च्याम्पियनसिप’को उपाधि जितेका छन्। 

शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन्। ‘हिमालय चितुवा’का रूपमा विश्वप्रसिद्ध घिमिरेले दक्षिण कोरियाली खेलाडी याङलाई किकबक्सिङ प्रतियोगितामा नकआउट गरेका थिए। 

सो प्रतियोगितामा भिड्ने घिमिरे पहिलो नेपाली बक्सर हुन्। प्रतियोगिताको पुरुष स्पर्धामा घिमिरेले एक मिनेट ५५ सेकेन्डमै प्रतिद्वन्द्वी याङलाई रिङमा ढालेका थिए। जापानमा रहेर किकबक्सिङको व्यावसायिक खेल खेल्दै आएका बक्सर घिमिरेले बक्सिङ हिट प्रतियोगिताका १३ खेल जितिसकेका छन्। उनले तीनपटक टाइटल म्याचको उपाधि जित्न सफल भएका छन्। 

घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय किकबक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल भएका छन्। 

घिमिरे जापानको नागोयामा सहरमा आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किकबक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन्। काठमाडौंको चन्द्रागिरि नगरपालिका– १२  गुर्जुधारा बलम्बुवासी घिमिरेको परिवार केही वर्षदेखि जापानको नागोयामा बस्दै आएको छ।