Skip This
साउनमा ७८ अर्ब ८७ करोड उठ्यो राजस्व
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३ आइतबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

साउनमा ७८ अर्ब ८७ करोड उठ्यो राजस्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार o९:२o:oo

सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा चालू आवमा उठाउने लक्ष्यको ५.५४ प्रतिशत मात्रै संकलन भएको हो । यस वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व उठाउने सरकारको लक्ष्य छ । 

गत आर्थिक वर्षको साउन महिनामा ७९ अर्ब ७२ करोड राजस्व उठेको थियो । जसको तुलनामा चालू आवको साउनमा उठेको राजस्व १.०६ प्रतिशतले कम हो । यसमा कर राजस्व ७० अर्ब १७ करोड र आठ अर्ब ६९ करोड संकलन भएको छ । यस अवधिमा सरकारले नौ अर्ब ३४ करोड अन्य आम्दानीसमेत गरेको छ । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन मसान्तसम्ममा सरकारले ३५ अर्ब १७ करोड ९० लाखबराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको कुल प्राप्ति भने ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँबराबर छ । 

चालू आर्थिक वर्षमा सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो । जसमध्ये चालूतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ, पुँजीगततर्फ चार खर्ब ७१ अर्ब ६ करोड ५८ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख रुपैयाँबराबर बजेट छुट्याइएको थियो ।

साउन मसान्तसम्ममा चालूतर्फ १२ अर्ब १९ करोड १७ लाख (अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत) र पुँजीगततर्फ ९० करोड ६१ लाख (अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत)बराबर खर्च भएको छ ।

यो अवधिमा चालू र पुँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ २२ अर्ब सात करोड ८१ लाख रुपैयाँबराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशतबराबर हो । 

ad
ad
ad
ad