मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ३ आइतबार ०९:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२० भदौबाट नेवानिले साउदीको दमाममा उडान गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ३ आइतबार ०९:१०:००

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले काठमाडौंबाट साउदी अरेबियाको दमामका लागि टिकट बुकिङ खुलाएको छ । आगामी २० भदौदेखि उडान सुरु गर्ने निगमको तयारी छ । 

काठमाडौंबाट साउदी अरेबियाको दमाममा नियमित सीधा उडान गर्न शनिबारबाट टिकट बुकिङ खुला गरेको निगमले जानकारी दिएको छ । उडान तालिकाअनुसार काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्नेछ । बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको उल्लेख छ ।

यात्रीहरूले निगमको कार्यालय वा निगमको वेबसाइट–ट्राभल एजेन्सीबाट टिकट लिन सक्नेछन् । निगमले सुरुवाती मूल्य काठमाडौंदेखि दमामसम्मको ३५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, दमामदेखि काठमाडौंसम्मका लागि पाँच सय ९५ साउदी रियाल तोकेको छ । 

यसअघिदेखि नै निगमले साउदी अरबकै रियादमा पनि उडान गरिरहेको छ । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । निगमले अहिले दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाजमार्फत आठ देशका १० गन्तव्यमा उडान गरिरहेको छ ।