मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ३ आइतबार ०८:१८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया यू–२० रग्बी : नेपालका दुवै टोली बाहिरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ३ आइतबार ०८:१८:००

नेपालको महिला तथा पुरुष टोली घरेलु मैदानमा जारी एसिया यू–२० रग्बी सेभेन्सको समूह चरणबाटै बाहिरिएका छन् । शनिबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताका तीनै खेलमा पराजित हुँदा नेपाल उपाधि जित्नबाट टाढा रहेको हो । यसअघि नेपाली टोलीले सेमिफाइलन पुग्न खेल्ने बताएको थियो । 

पुरुषतर्फ समूह ‘बी’को पहिलो खेलमा नेपाल भारतसँग २८–० ले पराजित भएको थियो । दोस्रो खेलमा मलेसियासँग ४४–० को भारी अन्तरले स्तब्ध भयो । लगातार दोस्रो हारपछि नेपालले नकआउटमा स्थान बनाउन सकेन । समूह चरणको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६–० ले पराजित भयो । अब नेपालले पाँचौँ स्थानका लागि आइतबार उज्वेकिस्तानसँग खेल्नेछ । आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन् । 

महिला टोलीले पनि तीनै खेलमा हार बेहोरेको छ । महिलातर्फ लिगमा प्राप्त अंकका आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । पहिलो खेलमा हङकङसँग ३४–५ ले पराजित भएको नेपाल दोस्रो खेलमा मलेसियासँग २४–० ले पराजित भयो । 

तेस्रो खेलमा नेपाल थाइल्यान्डसँग ४५–० को फराकिलो हार सामना गर्न बाध्य भयो । यद्यपि, आइतबार तीन खेलमा जित निकाल्दा दोस्रो र तेस्रो हुने अवसर छ । दुईदिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् ।