१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २ शनिबार
  • Sunday, 11 May, 2025
२o८o भदौ २ शनिबार ११:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २ शनिबार ११:o१:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दी खोला नजिक यात्रु बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्। दाङकाे तुलसीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको छ। 

बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँचजनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।  

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ। यात्रु बस दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए।