१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिआइबीको अप्रेसन फक्सट्रोट चार्ली : एमबिबिएस अध्ययनरत विद्यार्थी पनि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:३४:oo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गर्नेविरुद्ध चलाएको अप्रेसन फक्सट्रोट चार्लीमा थप एकजना पक्राउ परेका छन् । 

शुक्रबार ब्युरोले चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत नसिम अख्तरलाई पक्राउ गरेको हो । उनले एमबिबिएस अध्यनयका लागि १२ कक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि पक्राउ गरिएको सिआइबीले जनाएको छ । चितवनबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसअघि सिआइबीले ६ जना चिकित्सकलाई पक्राउ गरी थुनामा राखेको छ । जसमा विराटनगरको अनु फार्मेसीमा काम गर्ने मनित चौधरी, त्रिवि शिक्षण अस्पताल महाराजगन्जका अमित चौधरी, एमडी अध्ययनको तयारीमा रहेकी एरिना शाह, इसान बाल तथा महिला अस्पतालकी श्रद्धा शिल्पाकार, भक्तपुर गोठाटारकी पुनम थापा, बागमती सेन्ट्रल अस्पताल रौतहटका रामबाबु यादव छन् । 

सिआइबीले कांग्रेसका सांसदसमेत रहेका सुनीलकुमार शर्मालाई पनि पक्राउ गरेकोमा अदालतले थुनामा नराखी अनुसन्धान गर्न भनेपछि उनी भने छुटेका छन् । 

नक्कली प्रमाणपत्र पेस गरी अध्ययन गर्ने थप चिकित्सकको खोजी भइरहेको सिआइबीले जनाएको छ । पक्राउ परेकाउपर सिआइबीले लिखत किर्ते कसुरमा कारबाही अघि बढाएको छ ।