१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १ शुक्रबार १५:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार १५:३८:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन्।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन्।

उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताए। सरकार मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिबद्ध रहेको बताउँदै मन्त्री गुरुङले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही गर्ने दोहोर्‍याए।