१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीको चुरेमा पहिरोले भासु खोला थुनियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५२:oo

कैलालीको चुरे गाउँपालिका– ५, मैताडीमा पहिरोका कारण खोला थुनिएको छ। पहिरोले भासु खोला थुनिएर ताल बनेको स्थानीयले बताएका छन्।

खोला थुनिएपछि खरले छाएको एउटा गोठमा पानी पसेको र स्थानीय ११ वटा घर सामान्य जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए। 

उनले खोला थुनिएको ठाउँमा सुरक्षाकर्मीको टोली पुगेर खोल्ने काम गरिरहेको बताए। पहिरोले खोला थुनिएको ताल एकैपटक फुटे तल्लो क्षेत्रमा जोखिम हुन सक्ने बताइएको छ।