१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : चित्रकारको चलाखी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५७:oo

कुनै एक राज्यमा एक राजा थिए । उनको एउटा मात्र खुट्टा थियो र आँखा पनि एउटै मात्र सद्दे थियो । उनी एउटा आँखाले देख्न सक्दैनथे । तर, उनको राज्यका जनता भने निकै खुसी थिए । किनकि, उनी निकै बुद्धिमान् र प्रतापी थिए । एकपटक राजालाई आफ्नो एक सुन्दर तस्बिर बनाउन लगाएर दरबारको भित्तामा सजाउने विचार आयो । यस्तो विचार आउनासाथ उनले देशभरका नामुद चित्रकारजति सबैलाई दरबारमा बोलाए । सम्पूर्ण चित्रकार जम्मा भइसकेपछि राजाले भने– मलाई थाहा छ, तपाईंहरू सबै दिग्गज कलाकार हुनुहुन्छ । त्यसैले, तपाईंहरूले मेरो एउटा सुन्दर चित्र बनाइदिनुपर्‍यो, जसलाई म मेरो दरबारको भित्तामा सजाएर राख्न चाहन्छु । 

सबै चित्रकारले राजाको प्रस्ताव सुने । तर, उनीहरू राजाले भनेजस्तो चित्र बनाउनबाट हच्किए । यदि चित्र सुन्दर नभएमा राजाले रिसाएर सजाय पनि दिन सक्थे । त्यसैले, उनीहरूले आफूहरूले चित्र बनाउन नसक्ने बताए । चित्रकारको जवाफ सुनेर राजा खिन्न भए । 

त्यति नै वेला चित्रकारको भिडको पछिल्लो भागबाट एकजनाले हात उठाए र भने– महाराज, म हजुरको सुन्दर चित्र बनाउन तयार छु । म हजुरलाई मनपर्ने चित्र बनाउने कोसिस गर्नेछु । राजाको अनुमति पाइसकेपछि चित्रकार काममा जुटे । बडो तन्मयतासाथ उनी चित्र कोर्ने कार्यमा लागे । केही समयको मिहिनेतपछि उनले चित्र तयार गरे । चित्र देख्दा राजा अत्यन्त प्रसन्न भए । बाँकी चित्रकार पनि उनको कला देख्दा दंग परे । 

चित्रकारले यस्तो चित्र बनाएका थिए, जसमा राजा एउटा खुट्टा खुम्च्याएर जमिनमा बसेका थिए र एउटा आँखा चिम्लेर सिकारमाथि निसाना ताकिरहेका थिए । चित्रकारले बडो चलाखीपूर्वक राजाको शारीरिक कमजोरी छोपिदिएका थिए । चित्र साँच्चै सुन्दर देखिन्थ्यो । यस्तो सुन्दर चित्र देखेर राजाले उनलाई ठूलो इनाम दिएर बिदा गरे ।

ad
ad