१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३२ बिहीबार o८:३३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एक वर्षपछि त्रिवि सेवा आयोगले पायो अध्यक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार o८:३३:oo

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार भट्टराईलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

अध्यक्ष पद १९ साउन ०७९ देखि रिक्त थियो । भट्टराईले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै सेवा आयोगका रोकिएका काम अघि बढ्ने र प्रतिस्पर्धाबाट शिक्षक भर्ना गर्ने प्रक्रियासमेत खुलेको त्रिविले जनाएको छ ।

त्रिविको सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ । शिक्षामन्त्री अशोककुमार राईको सिफारिसपछि प्रधानमन्त्री प्रचण्डले भट्टराईलाई अध्यक्षमा नियुक्ति गरेका थिए । राजनीतिक भागबन्डाका कारण सेवा आयोगमा लामो समय अध्यक्ष पद रिक्त थियो ।