१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सफल हुने समय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o५:५५:oo

पढाइमा जतिसुकै मिहिनेत गरे पनि परीक्षामा चार्ल्सको नतिजा कहिल्यै राम्रो आउँदैनथ्यो । उनको कमजोर नतिजा देख्दा साथीहरूले उनको खुब खिल्ली उडाउँथे । शिक्षकहरू पनि उनको उपहास गर्न पछि पर्दैनथे । पढाइका अतिरिक्त उनको गल्फ खेलमा रुचि थियो । तर, उनी कहिल्यै खेल जित्न सक्दैनथे । उनी एक हरूवा खेलाडीका रूपमा चिनिन्थे ।

एकपटक कलेजबाट निस्कने कुनै पत्रिकाका लागि कथा, कविता, निबन्ध, कार्टुन आदि आवश्यक परेको सूचना प्रकाशित भयो । उनले पनि सकी–नसकी कार्टुन बनाए । उनको कार्टुनलाई कसैले मन नपाराए पनि उनको मनमा अब म यही काम गर्न सक्छु भन्ने सोच भने पलायो ।

त्यसपछि उनले विभिन्न कार्टुन बनाएर कार्टुन बनाउने कम्पनीमा पठाए । सुरुसुरुमा ती कम्पनीले चार्ल्सका कार्टुनमा धेरथोर चासो देखाए । तर, बिस्तारै तिनले चार्ल्सका कार्टुन अस्वीकृत गरिदिए । उनी यहाँ पनि असफल भए । तैपनि, उनले हार स्विकारेनन् । कुनै एक कम्पनीले मौका नदिउन्जेल उनी कार्टुन बनाई नै रहे । उनले एक यस्तो कार्टुन बनाए, जसको नाम थियो– चार्ल्स ब्राउन ।

यस कार्टुनको विशेषता यो थियो कि उसले एक आममानिसले झैँ पटक–पटक कोसिस गथ्र्यो, तर पटक–पटक नै असफल हुन्थ्यो । जजसले यो कार्टुन हेरे, तिनलाई यसले आफ्नै कथाव्यथा बोकेझैँ लाग्न थाल्यो । परिणामतः उनी यसै कार्टुनबाट चर्चित बने । उनको पूरा नाम थियो, चार्ल्स सुल्ज । केही पछि उनको आफ्नै कमिक सिरिज सुरु भयो । जसको नाम थियो– पिनट्स । 

जिन्दगीमा हामी सबै सफल हुन सक्छौँ । तर, हामी सबैलाई सफल हुन समय लाग्छ । कोही केही पहिल्यै र थोरै परिश्रममै सफल हुन्छन् भने कसैले बढी नै परिश्रम गर्नुपर्छ र लामो समयसम्म धैर्यपूर्वक प्रतीक्षा गर्नुपर्छ ।

ad
ad