१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format २o:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चीनसँग सीमा जोडिएको मोरिम्ला र क्याटो नाका खुलाउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३६:oo

हिमाली जिल्ला डोल्पामा पर्ने चीनसँग सिमाना जोडिएको मोरिम्ला र क्याटो नाका खुलाउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराइएको छ।

प्रतिनिधिसभामा डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढा र शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङसहितको टोलीले नाका खोल्ने विषयमा बुधबार परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएका हुन्।

कोभिड–१९ महामारीको समयदेखि नखुलेको मोरिम्ला र क्याटो नाका दुई साताका लागि भए पनि खोलिदिन आग्रहसहित अनुरोधपत्रसमेत बुझाइएको सांसद बुढाले बताए।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टीले व्यापारिक नाका केही दिनका लागि खुल्ने जानकारी आएकाले सोही अवसरमा डोल्पाका नाका पनि खोल्न पहल भएको सांसद बुढाको भनाइ छ।

लामो समयदेखि नाका नखुल्दा उपल्लो डोल्पाका नागरिकले खाद्यान्नलगायता दैनिक उपभोग्य सामाग्रीहरू ढुवानीमा सास्ती भोगिरहेकाले त्यसको समाधानका लागि नाका खोल्न अपरिहार्य भएको उनको भनाइ छ।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो, डोल्पोबुद्व र छार्काताङ्सोङ् गाउँपालिकामा भौगोलिक हिसाबमा विकट र खाद्यान्न उत्पादन नगन्य मात्रामा हुने भएकाले  पनि अहिलु उपल्लो डोल्पाका नागरिकले खाद्यान्न संकट झेलिरहेको सरोकारवालाको भनाइ छ।

नाका खुलेपछि उपल्लो डोल्पावासीले नुन, तेल, चामल, मोटरसाइकल, लत्ताकपडालगायतका वस्तुहरू आयात गर्न सक्नेछन्।