१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३१ बुधबार १२:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद भण्डारीको आज पुनः शल्यक्रिया हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार १२:२१:oo

कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः  शल्यक्रिया गरिने भएको छ।

करिब ६ महिनाअघि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा.डा. शंकर राईले जानकारी दिए।  

पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ। उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिमोथी स्प्रौलसमेत आएको अस्पतालका प्रमुख डा. राईले बताए। 

नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा. स्प्रौलले आफ्नै खर्चमा डा. भण्डारीको शल्यक्रिया गर्न आएको अस्पतालले जनाइएको छ। डा. स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका थिए। 

डा. भण्डारीको शल्यक्रिया डा. स्प्रौलसँगै प्रा.डा. बिडी झा, प्रा.डा. शंकरमान राई, सहप्राध्यापक किरण किशोर, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. प्रविन गिरी, डा. निजिना ताम्राकार र मोहनकृष्ण डंगोलसहितको टोलीले गर्नेछ।

गत फागुन ३ गते राति आगलागीमा परेका  सांसद डा. भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो। भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा. राईसँग परामर्श र निगरानीमा काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो।