Skip This
कक्षा १२ मा आधा विद्यार्थी फेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o श्रावण ३१ बुधबार o७:o८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कक्षा १२ मा आधा विद्यार्थी फेल

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार o७:o८:oo

अनिवार्य अंग्रेजी विषयमा धेरै विद्यार्थी कमजोर, एक लाख नौ हजार ५२७ जना अनुत्तीर्ण

कक्षा १२ मा नियमिततर्फ ५०.९१ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण (ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार ४९.०९ प्रतिशतको अनुत्तीर्ण (नन्ग्रेड) नतिजा आएको हो । 

नियमिततर्फ तीन लाख ७२ हजार ६३७, आंशिकतर्फ ६० हजार ९५९, ग्रेडवृद्धितर्फ १४ हजार १३५ र ०७२/७३ का आंशिक एक हजारर १०६ गरी चार लाख ४८ हजार ८३७ विद्यार्थी परीक्षामा सामेल भएका थिए । तर, परीक्षा दिएकामध्ये नियमिततर्फ एक लाख ८९ हजार मात्रै पास भएका छन् । आंशिकतर्फ १८ हजार ३० (३० प्रतिशत), ग्रेडवृद्धितर्फ ६ हजार १४० (४३.४४ प्रतिशत) र आंशिक ०७२/७३ तर्फ ६५० (५८.७५) प्रतिशत ग्रेडेड भएका छन् । गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको परीक्षामा चार लाख ४८ हजार विद्यार्थी सहभागी थिए । 

समग्र नतिजाअनुसार गत वर्षको तुलनामा नतिजामा ३ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ । यो वर्ष अनिवार्य अंग्रेजी विषयमा धेरै विद्यार्थी कमजोर देखिएका छन् । यो विषयमा एक लाख नौ हजार ५२७ जना अनुत्तीर्ण (नन्ग्रेड) नतिजा आएको छ । यी विद्यार्थीहरूले ग्रेडवृद्धिका लागि पुनः परीक्षा दिनुपर्नेछ । त्यस्तै, दुइटा विषय मात्रै लागेका अर्थात् नन्ग्रेड आएका एक लाख २३ हजार ३९६ छन् । उनीहरूले आगामी ६ र ७ असोजमा ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषय अनुत्तीर्ण भएका विद्यार्थीले परीक्षा दिन अर्को वर्ष नै कुर्नुपर्नेछ । सरकारले कक्षा १२ मा नन्गे्रडिङ प्रणाली लागू गरेकाले जुन विषयमा अनुत्तीर्ण वा नन्ग्रेड (एनजी) छ, त्यही विषयको मात्रै परीक्षा दिए पुग्नेछ । हाल दुईभन्दा बढी विषयमा नन्ग्रेड ल्याउने विद्यार्थी संख्या ५९ हजार ५३० जना छ । 

सबैभन्दा उच्च अंक जिपिए ३.६१ देखि जिपिए ४ ल्याउनेसंख्या ६ हजार ९७६ रहेको छ । ३.२१ देखि ३.३० जिपिए ल्याउने संख्या ३८ हजार ९९९ रहेको बोर्डले जनाएको छ । ३.८१ देखि ३.२० जिपिए ल्याउने संख्या ७९ हजार १७४ छ । योभन्दा कम जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थी संख्या ४७ हजारभन्दा बढी रहेको बोर्डले जनाएको छ । नियमअनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट अर्थात् उत्तीर्ण हुन्छन् । तर, दुई विषयमा नन्ग्रेड (एनजी) ल्याउनेले तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् भने बाँकीले अर्को वर्ष कुर्नुपर्नेछ । 

नतिजा खस्किँदा विश्वविद्यालयमा विद्यार्थी हाहाकार हुने डर 
शिक्षाविद् विद्यानाथ कोइरालाले नतिजा कमजोर आएको र यसको असर विश्वविद्यालय तहमा समेत देखिने बताए । कक्षा १२ पछि विद्यार्थी विश्वविद्यालयमा विद्यार्थी पढ्न जाने भए पनि उत्तीर्ण हुने संख्या कम भएपछि विश्वविद्यालयमा पनि विद्यार्थी हाहाकार हुने उनको भनाइ छ । ‘परीक्षा दिएकामध्ये जम्मा ५१ प्रतिशत मात्रै पास भए, यो राम्रो होइन । यसले हाम्रो सिकाइ क्रियाकलाप र ग्रेडिङ प्रणालीमा प्रश्न उठाएको छ,’ उनले भने, ‘अझ यसको मुख्य असर विश्वविद्यालयमा देखिन्छ, किनभने त्यहाँ विद्यार्थी संख्या कम हुन्छ ।’ उनका अनुसार अंग्रेजीमा कमजोर देखिएकाहरू फेरि त्यसमै उत्तीर्ण हुन्छन् भन्ने छैन । दुईवटा विषयमा ग्रेडवृद्धि परीक्षा दिनेहरूको संख्या ५० प्रतिशत हुने देखिन्छ । सोहीकारण विश्वविद्यालयमा विद्यार्थी संख्या कम हुने शिक्षाविद् कोइरालाको दाबी छ ।

कक्षा १२ को नतिजा सन्तोषजनक नभएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनका अनुसार शिक्षण सिकाइ क्रियाकलाप नमिल्दा र ग्रेडिङ प्रणालीका कारण धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । ‘गत वर्षभन्दा झिनो अंकले त सुधार भयो, तर यो राम्रो होइन, यसको असर विश्वविद्यालयमा तहमा पनि पर्छ । अब विश्वविद्यालयमा पढ्ने विद्यार्थी संख्या पनि घट्छ,’ उनले भने, ‘यसले विषयगत शिक्षकको उपस्थिति छ वा छैन र कति दिन स्कुल खुल्यो शंका उब्जिएको छ ।’ उनले नतिजा सुधार्न शिक्षण सिकाइ क्रियाकलाप सुधार्नुपर्ने र स्थानीय तहमा यसको मुख्य जिम्मेवार हुनुपर्ने बताए । शर्माका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई अनुत्तीर्ण भएको मानिन्छ । उनीहरूले ६ र ७ असोजमा ग्रेडवृद्धि परक्षिा दिनुपर्नेछ ।