मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डा. यादवलाई पक्राउ गरेकोप्रति चिकित्सक संघको आपत्ति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

नेपाल प्रहरीको अनुसन्धान व्युरो (सिआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरेकोप्रति नेपाल चिकित्सक संघले विरोध गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले सिआइबीले यादवलाई पक्राउ गरी मानसिक तनाव दिएको उल्लेख गरेको छ । यसप्रति छानबिन हुनुपर्ने र दोषीप्रति कारबाही हुनुपर्ने संघले माग गरेको छ । यादवलाई गलत सूचनाका आधारमा पक्राउ गरिएको र मेडिकल काउन्सिलले समेत यसबारे सहयोग नगरेको भन्दै संघले काउन्सिलमाथि पनि प्रश्न उठाएको छ । 

सिआइबीले भने गलत सूचनाले गर्दा प्रहरीलाई झुक्याएको र छानबिन भएपछि यादवलाई छाडिएको जनाएको छ । ‘यसप्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्नचिह्न खडा भएकाले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सिआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सिआइबीले २५ साउनमा यादवलाई घरमै पुगेर पक्राउ गरेको थियो । उनको एसएलसी र कक्षा १२ को मार्कसिट नक्कली भएको भन्दै प्रहीले पक्राउ गरेको थियो । तर, छानबिनका क्रममा उनको मार्कसिट सक्कली नै भेटिएपछि प्रहरीले चार दिन हिरासतमा राखेर उनलाई रिहा गरेको थियो । आफूलाई विनाकारण यातना दिएको भन्दै यादवले काउन्सिल र प्रहरीमाथि प्रश्न उठाउँदै कारबाहीका लागि अदालती प्रक्रिया सुरु गर्ने बताएका छन् । उनले विनाकारण आफ्नो छविमाथि दाग लगाउने कार्य भएकाले त्यसमा संलग्न भएकालाई कारबाहीको मागसमेत गरेका छन् ।