१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
भोजराज भण्डारी काठमाडाैं
Invalid date format १o:o७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयातित वस्तुमा लेबल लगाउनुपर्ने निर्देशन कार्यान्वयनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o७:oo

सम्भव नभएको व्यापारीको जिकिर, वाणिज्य विभाग भन्छ– कैफियत भेटिएको छैन

भन्सार विभागले साउन १ गतेदेखि लागू हुने गरी आयातित हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेभल लगाउनुपर्ने प्रावधानलाई कडाइका साथ अघि बढाएको छ । व्यवसायीहरूले पैठारी भएको मालवस्तुको प्रत्येक एकाइमा र मालवस्तुको प्रकृति आकार तौल, उल्लेख गर्नुपर्ने व्यवस्था गरेको हो । 

विभागले आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ४ मा भएको व्यवस्थाअनुसार बजार पठाउनुअघि लेभलिङको काम गर्नुपर्नेछ । भन्सार विभागले यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको दाबी गरेको छ । विभागका निर्देशक पुण्यविक्रम खड्काले यो प्रावधान १ साउनदेखि कार्यान्वयनमा ल्याइएको बताए । उनले भने, ‘अनुगमनका लागि भने सम्बन्धित स्थानीय तह, वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जिम्मा दिएका छौँ ।’

तर, समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद सेठियाले अन्य मुलुकको नक्कलले गरेर लागू गरेको हुँदा नेपालमा सम्पूर्ण आयातित तयारी वस्तुमा लेभलिङ गर्न सम्भव नभएको बताए । उनले भने, ‘सरकारले यो नीति देखावटी रूपमा ल्याएको हो, ७५ प्रतिशत सामान होलसेलमा बिक्री हुन्छ, २५ प्रतिशत मात्र खुद्रामा बिक्री हुनेहुँदा सबैमा यो कार्यान्वयन गर्न सम्भव नै छैन ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले यस भन्सार ऐनमा लागू हुनुभन्दा अघिदेखि नै पैठारी गरी आयात भएका तयारी वस्तुमा अनुगमन हुने गरेको बताए । उपभोक्ता संरक्षण सम्बन्धित ऐन २०७५ मै उल्लेख भएको हुँदा पहिलेदेखि कार्यान्वयनमा रहेको उनको भनाइ छ । उनले भने, ‘कार्यान्वयनमा पहिला पनि आएको हो, आजसम्म पैठारी भएका तयारी मालवस्तुमा त्यस्तो कुनै कैफियत भेटिएको छैन ।’ विभागले आयातित वस्तु बजारमा बिक्री गर्दा, पैठारीकर्ता र बजार वितरकको नाम, ठेगाना, कोडलगायत राख्नुपर्ने व्यवस्था गरेको छ ।

वाणिज्य विभागको चामलमा छड्के, १० बोरा चामल अखाद्य भेटियो
पछिल्लो समय अस्वाभाविक रूपमा चामलको मूल्य बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्यवस्तुको अनुगमनलाई तीव्रता दिएको छ । बिहीबार विभागले उपत्यकाको १३ स्थानमा गरेको अनुगमनमा ११ वटा खाद्य वस्तुसँग मात्र सम्बन्धित रहेको छ । ११ मध्ये १० वटा खाद्य पसलमा सामान्य निर्देशन दिएको छ । 

विभागले बिहीबार चापागाउँस्थित एक खाद्यान्न पसलबाट म्याद गुज्रिएको १० बोरा चामल नष्ट गरेको छ । उक्त खाद्यान्न पसलमा गुणस्तर, परिमाण, मूल्य, नाम तौलमा हेरफेर गरेको पाइएको हुँदा उक्त पसलमा विभागले दुई लाख रुपैयाँ जरिवाना गराएको छ । त्यस्तै, शुक्रबार पनि विभागले खाद्यवस्तुकै ६ वटा पसलमा अनुगमन गरेको छ जसमा रिलेभलिङ गरेको, गुणस्तरमा र परिमाण तथा तौलमा हेरफेर गरेको पाइएपछि शान्तिनगरको एक खाद्य पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

विभागका निर्देशक होमनाथ भट्टराईले उपभोक्ताबाट चामलको मूल्य अत्यधिक बढेको गुनासो आएपछि खाद्यवस्तुको अनुगमनमा विशेष जोड दिएको बताए । उनले भने, ‘हाम्रो अहिले मुख्य प्राथमिकता चामलमा भइरहेको कालोबजारी रोक्नुमा छ, यो निरन्तर जारी रहन्छ ।’