१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
सुवास भट्ट काठमाडौं
Invalid date format १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोहन अडुकियालाई सिआइबीले लिन मानेन, छानबिनमा आवश्यक परे उपस्थित हुने गरी कागज गराएर छाड्ने तयारी

Read Time : < 1 मिनेट
सुवास भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५४:oo

सय किलो सुन तस्करी प्रकरणमा निगरानी सूचीमा रहेका रोहन अडुकियालाई छानबिनमा आवश्यक परेको खण्डमा उपस्थित हुने गरी कागज गरेर छाडिँदै छ । 

शुक्रबार दिउँसो १ बजे भारतबाट आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले नियन्त्रणमा लिएका अडुकियालाई छोड्न लागिएको हो । 

राजस्व अनुसन्धान विभागले निगरानीमा राख्न आग्रह गरेबमोजिम अध्यागमनले उनलाई कालोसूचीमा राखेको थियो । त्यसैअनुसार अध्यागमनले उनलाई नेपाल आउनेबित्तिकै विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । तर, स्रोतका अनुसार विभागपछि हाल सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको सिआइबीले अडुकियालाई लिन मानेन । 

हाललाई सुन तस्करीमा उनको संलग्नता नदेखिएको र पछि आवश्यक परे बोलाउन सकिने जवाफ सिआइबीले अध्यागमनलाई दिएको छ । सिआइबीले हिरासतमा लिन नमानेपछि अडुकिया पुनः अध्यागमनमै फर्किएका थिए । 

अनुसन्धान गर्ने निकाय र निगरानीमा राख्न अनुरोध गरेकै निकायले लिन नमानेपछि उनलाई अध्यागमनले नै फिर्ता लिएको थियो । 

‘आदेश गर्ने निकायले निगरानीमा राख्न भनेर पठाएपछि अध्यागमनले उनलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाइएको हो,’ स्रोतले भन्यो, ‘तर, सम्बन्धित निकायले नै जिम्मा नलिएपछि अध्यागमनले थुनेर राख्ने भन्ने हुँदैन ।’ 

अब अध्यागमनले उनलाई छाड्ने तयारी गरेको छ । ‘जुनसुकै वेला उपस्थित हुने गरी निगरानीमा राखेर हाललाई उनलाई छाड्ने तयारी छ,’ अध्यागमन स्रोतले भन्यो । 

अनुसन्धानका क्रममा जुनसुकै वेला पनि बोलाउने गरी उनलाई छाड्ने तयारीमा अध्यागमन छ । छुटाउने विषयमा प्रक्रिया पुर्‍याउन नभ्याइएका कारण उनी शुक्रबार अध्यागमनमै रहनेछन् । प्रक्रिया पुर्‍याएर शनिबार छाड्ने तयारी अध्यागमन विभागको छ ।