१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:४४:oo

निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। 

शुक्रबार सरकारका तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने  प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको बताएका हुन्। 

मन्त्रिपरिषदबाट पारित शिक्षा विधेयक, २०८० विरुद्ध विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकले माग सम्बोधन गर्ने प्रतिबद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए। 

उनले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रस्तावित शिक्षा ऐन अघि बढाउने प्रतिबद्धता जनाएको बताए। सरकारको आश्वासनअनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको उनको भनाइ थियो। 

हाल कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयलाई पाँच वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकले आन्दोलन गरेका थिए।

ad
ad