१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २५ बिहीबार २o:३७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ टोराेन्टो फिल्म फेस्टिभलमा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार २o:३७:oo

चलचित्र ‘गाउँ आएको बाटो’ प्रतिष्ठित टोराेन्टो फिल्म फेस्टिभलमा छानिएको छ। सेप्टेम्बर ७ देखि १७ सम्म सञ्चालन हुने फेस्टिभलमा फिल्मको वर्ल्ड प्रिमियर हुने निर्देशक सुब्बाले बताए। 

‘ टोराेन्टोमा वर्ल्ड प्रिमियर हुने सुखद समाचार सुनाउन पाउँदा हामीलाई खुसी लागेको छ। यसले विश्वमा नेपाली फिल्मको दृश्यता बढाउन र सही अन्तर्राष्ट्रियकरणमा टेवा पुर्‍याउँछ। पछिल्लो समय नेपाली सिनेमाको दृश्यता विश्वमा बढे पनि विश्व बजारसँग जोड्न अझै सकिरहेका छैनौँ। हामीले फिल्मलाई विश्व बजारसँग जोड्ने प्रयास गरिरहेका छौँ,’ उनले भने।

निर्देशक सुब्बाले प्रतिष्ठित फेस्टिभलमा नेपाली चलचित्र छनोट हुनुले चलचित्रको क्षेत्रमा सकरात्मक प्रभाव पार्ने बताए। ‘यसले नेपाली चलचित्रको गुणस्तर वृद्धि गर्नलाई सहयोग पुग्छ। अर्काे, नेपालमा पनि राम्रा सिनेमा निर्माण हुन्छ भन्ने सन्देश पनि विश्वलाई जान्छ,’ उनले भने।  

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यो फिल्मले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई पेस गर्छ। सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमोद राईले निर्माण गरेका हुन्। 

भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा फिल्म छायांकन भएको फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमिन्त्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।