मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
श्रवण थापा सर्लाही
२०८० श्रावण २५ बिहीबार १२:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीको हरिवनमा एक पुरुषको टाउको फेला

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० श्रावण २५ बिहीबार १२:००:००

सर्लाहीको हरिवन नगरपालिकास्थित लखन्देही पुलमुनि एक पुरुषको टाउको फेला परेको छ । बिहीबार बिहान हरिवन नगरपालिका– ४, पूर्व–पश्चिम राजमार्गस्थित लखन्देही पुलमुनि खोलाकिनारमा बीभत्स अवस्थामा पुरुषको टाउको फेला परेको हो । 

शरीरबाट छुट्याइएको अवस्थामा फेला परेको टाउकोको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । टाउको फेला परेलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं डिएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

फेला परेको टाउकोको प्रकृति हेर्दा भर्खरै हत्या गरेर फालिएस्तो देखिएको प्रहरीको भनाइ छ  । व्यक्तिको टाउको सोही ठाउँमा हत्यापछि काटेर फालिएको हो वा अन्यत्रबाट खोलाले बगाएर ल्याएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  अहिले घटनास्थल आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यस्तै, सर्लाहीको ईश्वरपुरमा कुवामा डुबेर एक पुरुषको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका– १२ मा रहेको कुवामा डुबेर सिन्धुलीको कमलामाई नगरपालिका– ८ बस्ने २६ वर्षका प्रशान्त पाख्रिनको ज्यान गएको प्रहरीले जनाएको छ । 

अड्डिका वीर गुप्ते मोक्तानको घरमा पाहुना आएका उनी पानी खान भनेर नजिकै रहेको कुवामा गएका थिए । पछिसम्म पनि नफर्किएपछि स्थानीयले उनको खोजी गरेका थिए । 

सोही क्रममा उनी कुवामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार युवकमा छारे रोगको समस्या थियो । छारेरोगका कारण पानी खाने क्रममा उनी कुवामा डुबेको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, यसको बारेमा थप पुष्टि भएको छैन ।