मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नवीन गुरुङ संखुवासभा
२०८० श्रावण २४ बुधबार ११:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०८० श्रावण २४ बुधबार ११:४१:००

संखुवासभा कारागारमा दुईजना कैदीबन्दीको मृत्यु भएको छ। कैदी आकाश बलामी र विनोद तोलाङगीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएकाे खाँदबारी  कारागारका जेलर राजेन्द्र घिमिरेले बताए।

उनका अनुसार गएराति १ बजेतिर मृतक दुईजना तोलाङगी र बलामीले शौचालयको झ्याल तोडेर कारागारबाट भाग्ने प्रयास गरिरहेको अवस्थामा सुरक्षामा रहेको प्रहरीले देखेपछि नियन्त्रणमा लिएर कारागारभित्र पठाएको र त्यसपछि भित्र रहेका कैदीहरूले कुटपिट गर्दा घाइते भएका थिए।

उनीहरूको खाँदबारी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।