१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी वासिङ्टन
२o८१ बैशाख २० बिहीबार १o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला टोलीमाथि खनिए ट्रम्प

Read Time : < 1 मिनेट
एजेन्सी, वासिङ्टन
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३४:oo

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नकारात्मक टिप्पणी दिँदै आफूलाई मिडियासमक्ष प्रस्तुत हुन रुचाउँछन् । तीन वर्षअघि जो बाइडेनसँग राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि उनले केवल राजनीतिक पक्षमाथि मात्र आलोचना गरिरहे । पछिल्लोपटक उनको निसाना अमेरिकी महिला फुटबलमाथि रह्यो । दुईपटकको साबिक विजेता अमेरिका समूह चरणबाटै बाहिरिएको घटना जोड्दै ट्रम्पले आफ्नो टिप्पणी सार्वजनिक गरेका छन् । 

ट्रम्प मात्र नभएर विभिन्न पक्षबाट टोलीको आलोचना भइरहेको छ । तर, ट्रम्पले गरेको आलोचना अहिलेसम्मकै तिखो भएको मानिएको छ । उनले सर्वाधिक अनुभवी खेलाडी मेगन रापिनोएतर्फ इंगित हुँदै टिप्पणी गरेका छन् । उनी सबैभन्दा बढी मेगनसँग रिसाएका देखिन्छन् । उनले सुरुमा अमेरिका विश्वकपबाट बाहिरिनुलाई अप्रत्याशित रूपमा लिएका छन् ।

‘विश्वकपको नतिजा अपत्यारिलो र पीडादायी रह्यो,’ उनले भनेका छन् । उनले न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपबाट अमेरिकाको अप्रत्याशित बहिर्गमनलाई राष्ट्रपति बाइडेनको नेतृत्व कुशलतासँग जोडेका छन् । ‘वर्तमान अमेरिकाका राष्ट्रपति बाइडेनको नेतृत्वमा रहेको एक समयको महान् अमेरिकालाई यो के भइरहेको छ ?’ उनले भने, ‘अमेरिकी खेलाडीले विश्वकपमा राष्ट्रिय गान गाउन अस्वीकार गरे ।’ 

राष्ट्रिय गान गाउन अस्वीकार
समूहगत चरणका खेलमा अमेरिकन खेलाडीले राष्ट्रिय गान गाउन अस्वीकार गरेका थिए । खेल सुरु हुनुअघि राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि अमेरिकी खेलाडीको आलोचना भएको थियो । यद्यपि, यसमा केही पूर्वखेलाडीले वर्तमान खेलाडीको प्रतिरक्षा गरेका थिए । पूर्वराष्ट्रपति ट्रम्पले विश्वकपमा सहभागी अन्य राष्ट्रका खेलाडीले देखाउन नसकेको राष्ट्रिय भावना अमेरिकी खेलाडीले देखाएको भनी व्यंग गरेका छन् । ‘स्विडेनसँगको टाइब्रेकरमा मेगनको गज्जबको सट हेर्न अवसर पाएँ,’ उनले भने, ‘तिम्रो प्रहारले अमेरिका नर्कमा जाँदै छ ।’ पेनाल्टी सुटआउटमा ३८ वर्षीया मिडफिल्डर मेगनले असफल प्रहार गरेकी थिइन् । साबिक विजेतासमेत रहेको अमेरिका प्रिक्वार्टरफाइनलमा स्विडेनसँग टाइब्रेकरमा ५–४ ले स्तब्ध भएको थियो । 

ad
ad